नियम १०
दरखास्त फाराम उपर छानविन गर्ने
(१) नियम ८ बमोजिम आयोगमा प्राप्त दरखास्त फाराम विज्ञापनमा उल्लेख भए बमोजिम रीत पुगे नपुगेको छानविन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त फाराम उपर छानविन गर्दा उम्मेदवारको दरखास्त रीतपूर्वकको देखिएमा सम्बन्धित उम्मेदवारलाई नियम ११ को उपनियम (१) बमोजिमको परीक्षा प्रवेशपत्र उपलब्ध गराउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम दरखास्त फाराम उपर छानविन गर्दा म्यादभित्र प्राप्त नभएको वा न्यूनतम योग्यता नपुगेको वा विज्ञापनमा उल्लिखित अन्य विवरण नखुलाएको वा नमिलेको, परीक्षा दस्तुर नबुझाएको वा अन्य रीत नपुगेको पाइएमा त्यस्तो दरखास्त फाराम
उपर कुनै कारबाही गरिने छैन ।
(४) कुनै पनि उम्मेदवारको दरखास्त फाराम शर्त राखी स्वीकृत गरिने छैन ।
(५) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि परीक्षा प्रवेशपत्र जारी भएपछि कुनै उम्मेदवारको दरखास्त फाराम रीत पूर्वकको नदेखिएमा त्यस्तो दरखास्त फाराम जुनसुकै अवस्थामा पनि रद्द गर्न सकिनेछ ।